Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया रिहा

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा, जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।...बाँकी

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले...बाँकी

हाजिर जमानतमा छुट्दै कैलाश सिरोहिया

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानतमा छ्टने भएका छन् । सिरोहियालाई धनुषा प्रहरीले हाजिर जमानतमा छोड्ने भएको हो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार फौजदारी कार्यविधि संहिताको दफा १५ को...बाँकी

देउवा निवासमा विपक्षी दलहरूको बैठक, माधव नेपाल पनि मिसिए

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन्...बाँकी

सर्वोच्चको परमादेशपछि कांग्रेसका पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदै

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुन लागेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले आज मुख्यमन्त्री नियुक्त हुन लागेका...बाँकी

होटलबाट खाजा खाएका सात जनालाई फुडपोइजन, होटलमा सिल

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १६- भरतपुर महानगरपालिका–१, पुलचोकस्थित हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका सात जना फुड पोइजन भई बिरामी भएका छन् । उनीहरु भरतपुर सामुदायिक अस्पताल भर्ना भएका हुन् । केहि विरामीको डिस्चार्ज भएको छ । सो...बाँकी

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ आज

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो । लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको...बाँकी

वैदेशिक रोजगारमा जानु अघिको अभिमुखीकरण तालिम अब नि:शुल्क

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्ने भएको छ । अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण तालिमलाई...बाँकी

मुलपानी क्रिकेट मैदान र कोइराला रङ्गशाला अब राष्ट्रिय गौरबका आयोजना

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १५- सरकारले निर्माणाधीन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित मुलपानी क्रिकेट मैदान र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को...बाँकी

समस्याग्रस्त सहकारीको पाँच लाखसम्मको बचत फिर्ता गरिने

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १५- समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने भएको छ । मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै...बाँकी