आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

चीन भ्रमणबारे प्रधानमन्त्री ओलि : नेपालको प्रतिष्ठा माथि उठाउने गरी काम गर्छु, ढुक्क हुनु

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४-१८ सम्म ५ दिने भ्रमणमा जान लागेको बताए...बाँकी

चीन भ्रमणबारे प्रधानमन्त्रीले प्रतिनिधिसभालाई गराए जानकारी

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यही भदौ १४ देखि १८ गतेसम्म आफू चीनको पाँचदिने भ्रमणमा जान लागेको जानकारी दिए ।...बाँकी

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो। खापुङ आफ्नो ब्याचका एक्ला...बाँकी

छाउ बार्न त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया...बाँकी

साफ यू–१७ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल

August 29, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)१७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज बेलुकी  ६ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। डबल...बाँकी

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना : दुई युवाको मृत्यु

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । आज बिहान करिब पौने तीन बजेतिर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ...बाँकी

मनोहराको बाढी बस्तीमा पस्दा भक्तपुरका १४० घरपरिवार जोखिममा

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-१, बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन्। बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार...बाँकी

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् । चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा...बाँकी

प्रचण्डकाे दाबी : कालापानी-लिपुलेकबारे भारतसँग सीधा कुरा गर्ने प्रधानमन्त्री म हुँ

August 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल-भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सीधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताएका छन्। विराटनगरमा सम्पन्न प्रदेश समिति सचिवालय बैठकलाई...बाँकी

रास्वपाले भन्यो : प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्दा बहिष्कार गर्दैनौँ

August 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । लामो समयदेखि संसद् बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ। शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन्।...बाँकी