आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

फेसबुक चल्न थाल्यो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
  काठमाडौं । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै...बाँकी

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्दैछ। बैठकमा नियमितसँगै आज भएको जेनजीको प्रदर्शनको विषय एजेन्डामा रहेको बताइएको छ।...बाँकी

जेनजी आन्दोलन:  मृतकको संख्या १४ पुग्यो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...बाँकी

पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । प्रशासनले जेन–जी प्रदर्शनका...बाँकी

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर...बाँकी

जेनजी आन्दोलन : थप १ जनाको मृत्यु

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ...बाँकी

संसद्‌ भवन परिसरमा प्रदर्शनकारीले लगाए आगो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । संघीय संसद् भवनको मुल गेट (पश्चिम गेट)भित्रै प्रदर्शनकारीले आगो लगाएका छन्। प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ। सरकारले यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरे...बाँकी

शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय...बाँकी

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको...बाँकी

नयाँबानेश्वर प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको...बाँकी