Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

अफगानिस्तानमा भूकम्प, २० जनाभन्दा बढीको मृत्यु

September 1, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तान सीमानजिकै रहेको अफगानिस्तानको पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण २० जनाभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालमा भर्ना...बाँकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको हो । आजदेखि लागू हुने गरी डिजेलरमट्टीतेलमा प्रति लिटर रु। ४, हवाई...बाँकी

प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ)प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा...बाँकी

मेलुङ गाउँपालिका एफआरएमा जिल्लामै प्रथम र लिजामा तेस्रो

August 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । देशभरका ७५३ स्थानीय...बाँकी

रास्वपाले रुपन्देही क्षेत्र नम्बर ३ मा डा लेखजंग थापालाई उम्मेदवार बनायाे

August 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु...बाँकी

मोदी र ओलीबीच भेट : मोदिले लेखे, भारत-नेपालको सम्बन्ध विशेष छ

August 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीन भ्रमणमा रहेका केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ। उनीहरूबीच तियानजिनमा साइडलाइन भेट भएको हो। दुई समकक्षीबीचको भेटको तस्बिर मोदीले आफ्नो एक्समार्फत सार्वजनिक गरेका छन्। तियायानजिनमा नेपालका प्रधानमन्त्री...बाँकी

रुकुम पश्चिममा पहिरोले पुरिएर महिलाको मृत्यु

August 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, छिङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । आइतबार (भदौ १५)बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु...बाँकी

सरकारले अवरूद्ध ८ वटा सडक तत्काल खुलाउने

August 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाढीपहिरोले अवरूद्ध भएको ८ वटा सडक सरकारले तत्काल मर्मत गरी खुलाउने भएको छ। यी सडकहरू खुलाउन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार बैठक राखेर आवश्यक निर्देशन दिएका हुन्। सहरी विकास मन्त्रालयमा भएको बैठकमा सिंहले...बाँकी

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

August 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका उनीहरूबीच तियान्जिन सहरमा भेट भएको हो। भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक,...बाँकी

लिङदेनको चेतावनी : भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौं

August 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । आइतबार झापामा सञ्चारकर्मीमाझ कुराकानी गर्दै उनले उक्त...बाँकी