Skip

Hamro Sanchar

रिपोर्टर डायरी: ..त्यसपछि आगजनी हुनबाट जोगियो ५४ करोडको कागेश्वरी मनोहरा नगरपालिकाको भवन !

सुदिप बर्देवा प्रकाशित : २०८२ भदौ, २८ गते


काठमाडौं, भदौ २८- सामाजिक सन्जाल माथि लागाईएको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनाजी पुस्ताले सेप्टेम्बर ८ अर्थात् २३ भदौबाट सुरु गरेको संघर्षमाथी प्रहरीले गरेको बर्बरतापूर्ण दमनमा परी आन्दोलन सुरु गरेकै दिन १९ जना विद्यार्थीहरुले ज्यान गुमाएसँगै उत्पन्न परिस्थितिले २४ भदौ, दिनभर नै देश असान्त बनायो । नेपाल प्रहरीले हात उठायो । नेपाली सेनाले नेता जोगाउन जनतामाथि गोलि नचलाउने अडान लियो । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । सरकार ढल्यो ।  नेताको सुरक्षा गर्न सेनाले अन्तिम अस्त्र प्रयोग गर्नु पर्यो । जेनजेड आन्दोलन सफल भयो । निषेधाज्ञा र कर्फ्यु लाग्यो । नयाँ सरकार गठन भयो । पुर्व न्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भईन ।

राज्यले निहत्था विद्यार्थीहरुलाई भाटाभट गोलि हानेर हत्या गरेको भोलिपल्ट जेनाजेड आन्दोलनले उग्र रुप लिन्छ भन्ने आकलन त धेरैको थियो, तर सरकार नै ढल्छ, सत्ता नै कब्जा गर्न सक्छ जेनाजीले भन्ने आकलन न जनताले गरेका थिए, न सत्ता संचालकहरुले नै ! हत्या गरेर सोहि दिन नै अनिश्चितकालिन निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको सरकारले दमन गरेरै आन्दोलन तुहाउने सोचमा देखिन्थ्यो भने आन्दोलनकारीको कुनै स्पस्ट उदेश्य नै देखिदैनथ्यो ।

२४ भदौ, मंगलबार बिहानै देखि देशवासी चिन्तित र त्रसित थिए । जेनजेड समुहका युवा जसले अघिल्लो दिन आफ्नै आँखा अगाडि आफ्नै साथीहरुलाई गुमाएका थिए, तिनीहरु मंगलबार बिहान ७ बजे देखि सरकारले जारी गरेको निषेधाज्ञा र कर्फ्यु तोड्दै नयाँ बानेश्वर स्थित संसद भवन अगाडि प्रदर्शन र नारावाजीमा उत्रिएका समाचार र भिडियो सामाग्रीहरु छ्याप्छ्याप्ती आईसकेका थिए । यद्यपि धेरैले निषेधाज्ञा र कर्फ्युबिच तेती ठुलो आन्दोलन होला भनेर न मैले सोचेको थिए, न अरु कसैले !

बिहान १०:०० बजे सम्म पनि ‘म’ बानेश्वर क्षेत्रका घटनाक्रमहरुलाई हेरेर घरमै बसिरहेको थिए । बिहान ७:०० बजे पछि, जति समय घर्किदै गईरहेको थियो तेतिनै आन्दोलनकारीहरु थपिदै गईरहेको भान मलाई भईरहेकै थियो ।

संसद भवन अगाडिको जमघट, नारावाजी र जेनाजेड समुहका युवाहरुको आक्रोशपूर्ण अभिव्यक्तिहरु सुनिरहनु भएका र हेरिरहनु भएका बुवा आमाले मलाई रिपोर्टिङका निम्ति बाहिर ननिस्कन चेतावनी दिईरहनु भएको थियो ।

देश आन्दोलनमय भईरहेको समय, घटनाहरुबारे जनताहरुलाई जानकारी, सुचना दिनु पर्ने मान्छे, रमिते बनेर घरमा बसिरहन म कहाँ सक्थे र ?

ठिक १०:४५ बजे प्रेस ज्याकेट लगाएर, क्यामेरा र बुम लिएर घरबाट निस्किन लाग्दै थिए, बुवा आमाको ‘न जा’ भन्ने चेतावनी नकार्दै। यतिकैमा छोरी शुप्रसिद्धि र छोरो शुप्रसिद्ध खुट्टामा झुण्डिएर डाको छोडेर रुन थाले, बाबा नजानु, तपईलाई गोलि लाग्छ, हिजो कत्ति दाई दिदिलाई गोलि लाग्यो । घाईते हुनु भयो भने ?? तपाई मर्नु हुन्छ !

म, रोकिने मनस्थितिमा थिईन, किन कि, देश आन्दोलनमय बनिसकेको थियो । छोराछोरीको अनुनयविनयलाई पन्छाउदै निस्किदै गर्दा मैले झल्यासा सम्झीए, एभिन्युजकर्मी मेरो प्रिय साथी सुरेश रजक !! यदि तेस्तै घटनाको शिकार ‘म’ भए भने ?

पारिवारिक सबै अड्चन पन्छाउदै ‘म’ घर बाट निस्किए । निस्किएको करिब २ मिनेटको बाटोमा बाबाचोक छ । म त्यहाँ पुग्दा करिब ३ सयको संख्यामा आन्दोलनकारी नारावाजी गरिरहेका रहेछन । केपी चोर, देश छोड ! शेरे चोर, देश छोड, प्रचण्ड चोर देश छोड ! हत्यारालाई फासिदे ! जनता मार्न पाईदैन ! लेले जनता खुकुरी ले ! हत्यारालाई छाप्कईदे !!

सवारीसाधन चोकमै छोडेर ‘म’ दृश्य खिच्न लागे । यहि क्रममा आन्दोलनकारीको आवाज सुने, ” ल अब अगाडि बढौ, मुलपानी चौरको प्रहरी चौकी हानौ, त्यसपछि नगरपालिका जलाउ ।”

मैले यो सुन्दासुन्दै, आन्दोलनकारीको भिड नारावाजी गर्दै मुलपानी चौर तर्फ अगाडि बढ्यो । ‘म’ अघिअघि दृश्य खिच्दै पछिपछि सरिरहे । आन्दोलनमा सहभागी केहि युवाले मिलनचोकमा रहेको एमालेको वडा कमिटिको सम्पर्क कार्यालय तोडफोड गर्दै बोर्ड च्यातेर नेपालको झण्डा राखे ।

भिड मुलपानी चौरमा रहेको प्रहरी चौकी तर्फ अगाडी बढ्यो । यतिबेला ठिक ११:०० बजेको थियो ।  मैले त्येहीबाट कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलाई फोन गरे र भने, “मेयरसाव ! बाबाचोकमा भेला भएर नाराजुलुस गरिरहेका करिब ३०० जना आन्दोलनकारीको जुलुस मिलनचोक आईपुगेको छ, यहा एमालेको वडा कमिटिको सम्पर्क कार्यालयमा ढुंगामुढा र बोर्ड च्यातेर मुलपानी चौरमा रहेको प्रहरी चौकी जलाउने र थाली स्थित प्रहरी चौकी र नगरपालिका भवन जलाउने भन्दै यो जुलुस अगाडि बढेको छ, तपाई कता हुनुहुन्नछ ? नगरपालिकाको भवन कसरी जोगाउन सकिन्छ ? तपाईले तुरुन्तै प्रहरीसँग समन्वय गर्नु पर्ला ।”  उहाले, ” म हेटौंडा छु, तर म तुरुन्तै प्रहरीसँग समन्वय गरीहाल्छु भनेर उहाँले फोन काट्नु भयो ।”

त्यसपछि त्यो जुलुस चौरतर्फ अगाडि बढ्यो । चौर पुग्दा केहि आन्दोलनकारी त्यहा भेला भईसकेका रहेछन । त्यो जुलुस त्यहाँ पुग्ने बित्तिकै चौकी आक्रमण गर्न लाग्यो । आगजनी गर्न लाग्यो । मैले भिडियो खिचिरहे । आन्दोलनकारीले त ‘मेरो सुरक्षा दिने प्रहरी चौकी’ भन्ने ख्याल राखेनन्, आगोले, ‘न्याय सम्पादन गर्ने प्रहरी चौकी’ के भन्थ्यो ?  हेर्दाहेर्दै करिब ४५ मिनेटमा चौकी जलेर भग्नावशेषमा परिणत भयो ।

अब त्यो भिड थाली चौकी र नगरपालिका भवन आगजनी गर्न भन्दै त्यतातिर सोझियो । ‘म’ त्यहीबाट एकजना बईकवालालाई सहायता मागेर हतारहतार घर फर्रकिएर खिचिएको भिडियो सम्पादन गरी मिडिया मार्फत दर्शकहरुका निम्ति सुम्पिएर र पुनः थली तर्फ लागे ।

मैले, मुलपानी चौरबाट जुलुस छोडेको करिबकरिब २५ मिनेटको समय भित्रमा ‘म’ थली पुगे । ‘म’ त्यहाँ पुग्नु र जुलुस पुग्नु उस्तै समय पर्यो । त्यहाँ, चौरको जुलुस पुग्नु अगाडि नै ठुलो संख्यामा आन्दोलनकारी भेला भईसकेका रहेछन । ‘म’ र मुलपानी चौरबाट थाली तर्फ लागेको आन्दोलनकारीको जुलुस थली चोक पुग्नु अगावै त्यहाँ भेला भएका आन्दोलनकारीले त्यहाँको प्रहरी चौकीमा तोडफोड र नगरपालिकाको ५४ करोडको लगानीमा निर्माण भएको नवनिर्मित भवनको पुर्वतर्फको भागमा ढुंगामुढा गर्न भ्याईसकेका रहेछन । मैले ती सबै दृश्यको प्रतक्ष्य प्रसारण गर्न सुरु गरे ।

मुलपानी चौर तर्फबाट गएको आन्दोलनकारीको जुलुस त्यहाँ पुग्ने बित्तिकै उनीहरुमा थप बल पुग्यो र लगत्तै प्रहरी चौकीमा आगजनी गर्न सुरु गरे । यहि क्रममा दर्जनौं युवाहरु नगरपालिकाको मुख्य ढोकातर्फ तोडफोड र आगजनी गर्न अगाडि बढे । ‘म’ नगरपालिकाको मुलगेट आगाडिबाट नै प्रत्यक्ष प्रसारण गरिरहेको थिए । यस्तो जटिल अवस्थामा, आफ्नै नगरपालिका आगजनी गर्न अघि बढेका प्रदर्शकारीको  प्रतक्ष प्रसारण गरिरहनु भन्दा उनीहरुलाई रोक्नु मेरो प्रमुख जिम्मेवारी र कर्तव्य बन्यो। नगर प्रहरी प्रमुख सुबिन कार्की हतास मनस्थितिमा एक्लै एताउता दौडिरहेको देखे, उहाले भन्दै हुनुहुन्थ्यो, हामी पनि असुरक्षित भयौ । मैले भने, “आउनुस रोकौ ।” उहा पनि ढोका तर्फा आउनु भयो ।

आक्रोसित आन्दोलनकारी भनिरहेका थिए, “आओ आओ, आगो लगाईदिउ !!” मैले उनीहरुलाई रोक्दै भने,” नगरपालिकाको भवनमा आगजनी नगरौ, यो तपाई हाम्रै सम्पति हो, तपाईहरुको आन्दोलनले सत्ता परिवर्तन गरेपछि यो नगरपालिका संचालन गर्ने जिम्मेवारी तपाईहरुकै काधमा आउछ । जो आए पनि आखिर संरचना चाहिन्छा नै । नगरपालिका भवनमा केहि नगरिदिनु होला।” मेरो अनुरोधलाई त्यहिं रहनुभएका केहि बुवाआमाले समेत समर्थन गर्नु भयो र हामीले उनिहरुलाई बुझाउन सफल भयौ । उनीहरुको आक्रोश क्षेणभरमा शून्यतामा झार्नुमा त्यहिं एउटा कारण थियो, ” भोलि यो नगरपालिका तपाईहरुले नै चलाउने हो, आखिर जो आए पनि संरचना त चाहिन्छ नै ।” मानौ, त्यो भवन मैले उनीहरुलाई नै सुम्पिदिए । यसपछि नगरपालिकाको करिब ५४ करोड लगानीमा बनेको नवनिर्मित भवन आगजनी हुनबाट जोगियो । यो भवन जोगाउन भएको प्रयासको भिडियो तथा अडियो मैले सुरक्षित राखेको छु ।

आज ‘म’ ति आक्रोशित आन्दोलनकारी युवाहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु, आगजनी हुनबाट रोक्न, मैले गरेको प्रयासलाई समर्थन गर्नुहुने तपाई आमाबुवा प्रति आभारी छु । जटिल समयमा पनि नगरपालिकाको भवन जोगाउन सामान्य भूमिका खेल्दा करोडौको सार्वजनिक सम्पत्ति जोगिन सफल भएकोमा र त्यो भूमिका आफुले खेल्न अवसर पाएकोमा आफुलाई भाग्यमानी सम्झेको छु ।

यसरि नै तपाई हामीले सार्वजनिक सम्पत्ति जोगाउन सानो प्रयास गरेको भए, त्यो दिन धेरै संरचना र सार्वजनिक सम्पति क्षेती हुनबाट जोगाउन सकिन्थ्यो ।

त्यसपछि हामी जोरपाटी, बौद्ध, चाबहिल हुदै चक्रपथ (नारायणगोपाल चोक) सम्मको रिपोर्टिङका निम्ति निस्कियौ । बौद्ध प्रहरी चौकी क्षेत्रको भयावह दृश्य र महानगरीय प्रहरी वृत्त महाराजगन्ज चक्रपथको कहालीलाग्दो प्रदर्शन र प्रहरी माथिको आक्रमणको प्रताक्षदर्शी हुन बाध्य भयौ ।

प्रतीक्षा गर्नुहोला, थली- महाराजगन्ज (नारायणगोपाल चोक) सम्मको भयानक रिपोर्टिङ डायरी पस्कने छु ।


प्रतिकृया दिनुहोस्