Hamro Sanchar

बाटोमा लत्रेको तारबाट करेन्ट लाग्दा मर्निङवाकमा निस्केका युवकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २ गते


ललितपुर, साउन २- बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ललितपुरमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान मर्निङवाक गर्न जाने क्रममा घर नजिकैको बाटोमा लत्रिएको थ्री फेजको बिजुलीको तार टेकिएर करेन्ट लाग्दा उनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

करेन्ट लागेको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्