काठमाडौं, साउन १- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राख्ने पक्राउ परेका छन् ।
केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रचण्ड पत्नी सीता दाहालको निधनका बेला समेत लिएर असंवेदनशील पोस्ट गरेका थिए ।
ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाइ इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको हो ।
आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।