Hamro Sanchar

नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २१ गते


Advertisement

काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा ७६ उपधारा ९२० बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा ९४० बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

२५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्