Hamro Sanchar

गगन र विश्वप्रकाशको एकै स्वर : गल्तीको ढाकछोप होइन आत्मसमीक्षा गरौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् । साथै कांग्रेसले अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्ने पनि उनीहरुको दाबी छ ।

शनिबार मेलमिलाप दिवसको शुभकामना दिँदै महामन्त्रीद्वयले भनेका छन्-‘पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने। दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने। नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ ।’

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले जारी गरेको संयुक्त विज्ञप्तिमा अब सरकारलाई जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने पनि बताइएको छ । ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन,ुउनीहरुले भनेका छन्,ु नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्नेछ । राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिकृया दिनुहोस्