Hamro Sanchar

उपमहासचिव ज्ञवाली भन्छन् : एमाले र एकीकृत समाजवादीको एकता हल्लामात्रै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १५ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता र माधव नेपाललाई राष्ट्रपति बनाउने कुरातर्फ संकेत गर्दै त्यसमा कुनै सत्यता नभएको बताएका छन्।

अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्न मात्रै सीमित रहेको ज्ञवालीको भनाइ छ। ‘त्यसभन्दा बाहरि चलेका चर्चा र अनुमान अतिरञ्जना र हल्ला मात्र हुन्।’ ज्ञवालीले सामाजिक संजालमा लेखेका छन्।

एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताको प्रयास भइरहँदा पार्टी एकता गर्ने र माधव नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलेको छ। तर विगतमा भएका घटनाक्रमलाई बिर्सन नसकिने र नहुने भन्दै पार्टी कार्यकर्ताको भावना विपरीत कुनै निर्णय नहुने भन्दै ज्ञवालीले आश्वस्त पारेका छन्।

‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरुको भावना विपरीत कुनै निर्णय हुने छैन।’ ज्ञवालीले लेखेका छन, ‘इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन।’


प्रतिकृया दिनुहोस्