Hamro Sanchar

राजेन्द्र लिङदेन भन्छन् : चुनावमा सोचेजस्तो परिणाम आएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ४ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आफूले सोचेजस्तो नआएको बताएका छन्। आफूले दावी गरेजस्तो मत ल्याउन नसकेपछि राजीनामा दिन खोज्दा पार्टीले रोकेको उनले बताए ।

पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफू सन्तुष्ट नरहेको र परिणाम आउने बितिकै आफूले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केही समस्या आउने देखेर पछि हटेको बताए।

पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसाबले आफुले लिने बताउँदै उनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेकाले राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरु स्थापित गर्ने बताए । आफूहरू मन्त्री बन्नका लागि कुनै नेताको घर नधाउने पनि उनले बताए ।

त्यस्तै राप्रपाका नेता पशुपतिशम्सेर राणाले संसदमा आफूहरूको उपस्थिति बलियो ढंगले प्रस्तुत भए अर्को पटक राप्रपा तेस्रो शक्ति कायम हुन सक्ने बताए। अहिलेको ढंगबाट चलेर नेपाल अगाडी बढ्न नसक्ने भन्दै उनले नेपाललाई अहिले हासिल भएको मौका अनुसार ठूला पार्टीमा काम गर्ने शक्ति नरहेको बताए ।नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना दललाई खबरदार गर्न राप्रपा आएकाले त्यो खबरदारी मामुली ढंगको नहुने जिकिर गरेका छन् ।


प्रतिकृया दिनुहोस्