आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

न्यू खिम्ती-लामोसाँघु प्रसारण लाइन एक महिना बन्द हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, १८ गते


Advertisement

दोलखा, कात्तिक १८- आजदेखि न्यू खिम्ती–लामोसाँघु प्रसारण लाइन एक महिना बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी न्यू खिम्ती–लामोसाँघु प्रसारण लानइबाट प्रवाह हुने विद्युत सेवा आजदेखि एक महिना बन्द गर्ने भएको हो ।

प्राधिकरणले लाइनको पुरानो तथा जिर्ण कन्डक्टर फेर्नका लागि कात्तिक १८ गते अर्थात आज देखि मंसिर २० गतेसम्मका लागि सेवा बन्द गर्न लागेको जनाएको छ । सो प्रसारण लाइन नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा सञ्चालनमा रहेको छ । प्राधिकरणका अनुसार विद्युत एक महिनासम्म दैनिक बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ ।

यो अवधिमा लाइनको प्रणालीमा विद्युत प्रवाह अनियमित हुने हुँदा न्यू खिम्ती तथा लामोसाँघु ३३ के.भी सबस्टसन र ११ केभी फिडरमा असर पर्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तोकिएको समय अघिनै काम सम्पन्न भए तोकिएको समय भन्दा अगावै सेवा सुरु हुनेछ ।


प्रतिकृया दिनुहोस्