काठमाडौं, साउन १०- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा बुधबार (भोलि) प्रकाशन गर्ने भएको छ ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयबस्तुहरुमा टुँगो लगाई नतिजा प्रकासनको अन्तिम काम पुरा गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले हाम्रोसंचारलाई जानकारी दिए ।
उनकाअनुसार बुधबार बोर्डको बैठकले नतिजा प्रकाशन गर्छ ।
राष्ट्रिय परीक्षाबोर्डकाअनुसार बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु पत्यक्ष सहभागितामा तोकिएका परीक्षा केन्द्रहरुबाट एसइई दिएका थिए । यी विद्यार्थीहरुकोलागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएको थियो ।