आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै, एकैदिन यति धेरै संक्रमित थपिए, दुई जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १० गते


Advertisement

काठमाडौं, साउन १०- पछिल्लो २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा दुई जनाको मृत्यु भएको छ ।

२१८ जना संक्रमित निको भएका छन् ।


प्रतिकृया दिनुहोस्