
काठमाडौं, साउन ७- पछिल्लो २४ घण्टामा देशभर तीन सय ३५ जनामा काेराेना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार सक्रिय संक्रमितको संख्या दुई हजार ९ सय ७१ छ । काठमाडौँमा ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ र ललितपुरमा २ सय बढी सक्रिय संक्रमित छन् ।
यसैगरी आज ८६ संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये दुई हजार ८ सय ३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन् । मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय संक्रमितको संख्या शून्य छ ।