आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कोरोना संक्रमण ह्वात्तै बढ्यो, एकैदिन धेरै जनामा संक्रमण पुष्टि

प्रकाशित : २०७९ साउन, २ गते


Advertisement

काठमाडौं, साउन २- देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ३ सय ४१ जनाको पीसीआर र २ हजार ३ सय १० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ७ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्