
काठमाडौं, असार ३०- नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । बिहीबार एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो ।
ससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।
आज थप ४८ जना कोरोनामुक्त भएका छन् ।