आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाका दुई बालकमा देखियो हैजा

रासस प्रकाशित : २०७९ असार, २१ गते


Advertisement

काठमाडौं, असार २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका दुईजनामा हैजा भेटिएको छ । नगरपालिकाको वडा नम्बर-६ मा ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार हैजा पुष्टि भएका दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

ती दुवै बालकमा सोमबार हैजा पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् ।

हैजा तथा झाडापखालाबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत मन्त्रालयको अनुरोध छ । झाडापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्