Hamro Sanchar

कृष्णबहादुर महरा आशंका : शासक झुकेर एसपीपी सम्झौता गर्न सक्छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, ६ गते


Advertisement

काठमाडौं, असार ६- नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा भएको ३१औं किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन् ।

उनले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त गरे ।

नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४÷५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताए ।

उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रूपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे ।

नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका व्यक्त गर्दै सबै नागरिकहरू तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्