७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को आज दोस्रो दिन उच्चस्तरीय भेटवार्ता र कूटनीतिक कार्यक्रमहरू तय भएका छन्।
आज बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत, १०:४० बजे राजघाटमा पुष्पहार अर्पण र ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँग द्विपक्षीय भेटवार्ता हुनेछ।
भेटपछि दिउँसो १२:२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
त्यसपछि सवा ३ बजे भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपराह्न ४:५० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।
यसअघि आइतबार प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गरिसकेका छन्।

























