काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ भनिएको सरकार गठन भएपछि जनताले राहतभन्दा बढी दुःख पाएको आरोप लगाएका छन्।
आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले महँगी नियन्त्रण गर्न नसकेको र दुई वर्षअघिको तुलनामा बजारभाउ निकै बढेको बताए।
जनताले आर्थिक समस्या भोगिरहेका बेला शासकहरू भने सामाजिक सञ्जालमा परिवर्तन र चमत्कारका आश्वासन बाँड्नमै सीमित रहेको उनको टिप्पणी थियो।
पोखरेलले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले नेपाली समाजको सिर्जनशीलता, संस्कृति, परम्परा र सभ्यतामा समेत नकारात्मक असर पारेको भन्दै लाइक र भ्युजको मोहप्रति चिन्ता व्यक्त गरेका छन् ।

























