Skip

Hamro Sanchar

बालेन–जयशंकर भेटवार्ता : कनेक्टिभिटीदेखि ऊर्जा र व्यापारसम्म सहकार्य बढाउने छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस.जयशंकरबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल भएको हो।

विशेषगरी व्यापार, पारवहन, ऊर्जा, कनेक्टिभिटी, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै पक्षबीच कुराकानी भएको छ।

भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने विषयमा समेत जोड दिइएको छ।

भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने विषयमा समेत जोड दिइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका हुन्।

 

 

 


प्रतिकृया दिनुहोस्