काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा आज अनुसन्धान टोली पुगेको छ।
प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारी सम्मिलित टोलीले उनको घरमा छानबिनका क्रममा छापा मारेको हो। साथै उनको केही नातेदारको घरमा समेत छापा मारेको बताइएको छ
डीएसपीको नेतृत्वमा प्रहरी टोली जबराको निवास पुगेको थियो। त्यसक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीसमेत सहभागी थिए।
यसअघि पक्राउ परेका जबरालाई १२ घण्टा हिरासतमा राखेर छाडिएको थियो।
।































