Hamro Sanchar

भीमेश्वर नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कालिञ्चोक माविले जित्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ८ गते


Advertisement

दोलखा, पुस ७- दोलखाको भीमेश्वर नगरपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कालिञ्चोक माविले जितेको छ ।

सदरमुकाम चरिकोटस्थित रङ्गशालामा भएको प्रतियोगितामा कालिञ्चोक माविले ६ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १६ पदकका साथ रनिङ शिल्डसहित उपाधि जितेको हो ।

यस्तै सुर्के मावि खरिढुङ्गाले दोस्रो स्थान हात पार्यो । सुर्के माविले ५ स्वर्ण, ५ रजत र १ कास्य गरी ११ पदक हात पार्यो भने  भीमेश्वर-४ स्थित सर्ब मावि ५ स्वर्ण र १ कास्य सहित तेस्रो भएको छ ।

गत मङ्गलबारबाट सुरु भएको प्रतियोगितामा भीमेश्वर नगरपालिकाभरका १२ ओटा सामुदायिक र ६ ओटा निजी गरी १८ ओटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रतिनिधि सभाका सदस्य एवं माओवादी नेता गङ्गा कार्की विश्व, बागमती प्रदेश सभा सदस्य भरत केसी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर मानन्धर, उपप्रमुख कमला बस्नेत लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।


प्रतिकृया दिनुहोस्