काठमाडौं, साउन १- काठमाडौंको जडीबुटीमा रहेको कोटेश्वर बहुमुखी क्याम्पस, “विश्वविद्यालय अनुदान आयोगब गुणस्तर शुनिश्चितता तथा प्रत्यायन (क्यू.ए.ए.)” बाट प्रमाणीकरण हुन सफल भएकाे छ। क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन) भनिने उक्त प्रमाणपत्रले कोटेश्वर बहुमुखी क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको छ । काठमाडौं उपत्यकामा क्यूएए प्रमाणपत्र पाउने शैक्षिक संस्थाहरुमध्ये कोटेश्वर बहुमुखी क्याम्पस एक हो ।
विश्वविद्यालय अनुदान आयोगब गुणस्तर शुनिश्चितता तथा प्रत्यायन (क्यू.ए.ए.) बाट प्रमाणीकरण हुन सफल भएपछि कोटेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोबिन्द बहादुर कार्कीले खुसि व्यक्त गरेका छन् । उनले हाम्रोसंचार सँग भने, “यसरी शैक्षिक क्षेत्रमा एक विशिष्ट तथा नेतृत्वदायी संस्थाको रुपमा आफूलाई विकास गर्न सकेकोमा क्याम्पसले गौरव महसुस गरेको छ र क्यूएए प्रक्रियामा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक, शिक्षक, युजीसी, पियर रिभ्यु टीम, क्याम्पस सञ्चालक समिति, क्याम्पस सभा सदस्य, त्रिभुवन विश्वविद्यालयलगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”
उनले सामाजिक सन्जालमा लेखेका छन्, “हार्दिक बधाई काेटेश्वर बहुमुखी क्याम्पस परिवार। विश्वविद्यालय अनुदान आयाेगबाट काेटेश्वर बहुमुखी क्याम्पस गुणस्तर शुनिश्चितता तथा प्रत्यायन (क्यू.ए.ए.) बाट प्रमाणीकरण हुन सफल भएकाे छ। (क्यू.ए.ए.) का मापदण्ड पूरा गर्ने क्रममा अथक मेहनत गरि गुणस्तरीय क्याम्पस बनाउन लाग्नुहुने क्याम्पसका सबै समिति, उपसमिति, क्याम्पस सभा, सञ्चालक समिति, सम्पूर्ण प्राध्यापक, कर्मचारी, स्ववियू, सम्पूर्ण विद्यार्थी सङ्घ सङ्गठनहरू, क्याम्पसका सराेकारवाला सम्पूर्णमा हार्दिक बधाई, शुभकामना र आभार व्यक्त गर्दछु।” गाेविन्दबहादुर कार्की, क्याम्पस प्रमुख ।”
२०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिंदै आएको छ । क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययनअध्यापन तथा मूल्यांकन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाई स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचनाप्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले क्याम्पसको प्रिभिजिट गरेर सुधार गर्नुपर्ने केही कामहरु औंल्याएको थियो । तीमध्ये भवन तथा अन्य पूर्वाधार निर्माणको कार्य प्रमुख थियो । अहिले क्याम्पसले विशाल भवनसहित सम्पूर्ण पूर्वाधारहरु निर्माण सम्पन्न गरिसकेको छ ।
“क्यूएए प्राप्त गरेपछि अब कोटेश्वर बहुमुखी क्याम्पसलाई जिम्मेवारी र चुनौति दुवै थपिएको छ । अबको हाम्रो मुख्य कार्य भनेको क्याम्पसको शैक्षिक गुणस्तरमा अझ वृद्धि गर्नु हो । विद्यार्थीहरुको आवधिक मूल्यांकन, अनुसन्धानमा आधारित पठनपाठन र बजारको मागअनुसारको विषय थप गरी रोजगारीमूलक शिक्षामा जोड दिंदै स्वायत्त शैक्षिक संस्थाको रुपमा क्याम्पसलाई स्थापित गर्नु हाम्रो प्रमुख लक्ष्य हो,” क्याम्पस प्रमुख कार्कीले हाम्रोसंचार सँग भने ।
नियमित कक्षाका अतिरिक्त आन्तरिक परीक्षा, विशेष कक्षा, सीपमूलक तालीम, कार्यशाला, स्थलगत भ्रमण, प्रयोगशाला कक्षा आदिको माध्यमबाट विद्यार्थीको क्षमता विकास गर्ने क्याम्पसको प्रयत्न रहँदै आएको छ ।
क्यूएए के हो?
क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन – गुणस्तर सुनिश्चितता एवम् प्रमाणिकरण) एउटा प्रक्रिया हो जहाँ कुनै आधिकारिक निकायले क्याम्पसलगायत उच्च शिक्षामा संलग्न संस्थाहरुको विभिन्न मापदण्डहरुमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ । यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात् क्यूएए प्राप्त क्याम्पसहरुमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमाा उच्च शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ ।
क्याम्पस परिचय
२०४७ मा स्थापित, कोटेश्वर बहुमुखी क्याम्पस, कोटेश्वर जडीबुटीमा अवस्थित छ। कोटेश्वर बहुमुखी क्याम्पस, देशमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्ने संस्थागत उद्देश्यका साथ अगाडि बढेको क्याम्पस हो । यो क्याम्पस गुणस्तरीय शिक्षा प्रदान गर्ने मात्र होईन भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम नागरिक तयार गर्नमा पनि केन्द्रित रहेको छ । कोटेश्वर बहुमुखी क्याम्पस समय-परीक्षण, विद्यार्थी-उन्मुख र विश्वव्यापी-आवश्यक रणनीतिहरू मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने राष्ट्रका थोरै प्रमुख सार्वजनिक क्याम्पसहरू मध्ये एक हो। उचित मूल्यमा गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित यो क्याम्पसले व्यवस्थापन, मानविकी तथा शिक्षा संकायका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
कोटेश्वर बहुमुखी क्याम्पस देशभरका विद्यार्थीहरूको प्रमुख रोजाइको केन्द्र बन्न पुगेको छ । कोटेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई आफ्नो रोजाइको अनुशासनमा सामाजिक, बौद्धिक र व्यावहारिक सीपहरू विकास गर्न र जीवनभर सिकाउने मनोवृत्ति विकास गर्ने अवसरहरू प्रदान गर्ने कार्यक्रमहरू प्रदान गर्दछ।
यस क्याम्पसले विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत नेतृत्व शैलीहरू विकास गर्ने र प्रोत्साहित गर्दै आएको छ र फ्याकल्टी र चिकित्सकहरूसँग समान रूपमा अन्तरक्रिया गर्ने, पर्याप्त अवसरहरू प्रदान गर्ने जस्ता महत्वपूर्ण कार्यहरु गर्दै आएको छ।
समग्रमा अध्यापन शास्त्रको फोकस भनेको विद्यार्थीहरूलाई कक्षाकोठा, परीक्षा र समस्या समाधानका परम्परागत दृष्टिकोणहरूमा सीमित नभई सिकाइको आन्तरिककरणलाई बढावा दिने तरिकामा उत्प्रेरित गर्नु हो। असाइनमेन्टहरू, परियोजना कार्य र केस विश्लेषणहरू यस दृष्टिकोणलाई समर्थन गर्न डिजाइन गरिएको हो, साथै विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक संसारमा प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीपहरू समेत यस क्याम्पसले प्रदान गर्दै आएको छ । कार्यक्रमको समग्र अभिमुखीकरण उच्च र रोजगारीका लागि सहभागीहरूलाई तयार पार्ने हो। यी दृष्टिकोणका कारण कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आफ्नो अङ्क कायम गर्न मात्रै नभई स्वदेश तथा विदेशमा हुने प्रतिस्पर्धात्मक परीक्षामा इतिहास रच्दै आएका छन् ।
शैक्षिक उपलब्धिहरू बाहेक कोटेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि धेरै सह-पाठ्यक्रम र अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको छ।