Hamro Sanchar

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ३१ गते


काठमाडौं, असार ३१- दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । तामाङको आइतबार उपचारका क्रममा गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा निधन भएको हो ।

पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुईदिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका तामाङलाई मुटुमा समस्या देखिएको भन्दै गंगालाल हृदयरोग केन्द्र रिफर गरेको थियो ।

सिसियु कक्षमा राखेर उपचाररत तामाङको आइतबार दिउँसो शल्यक्रिया गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका ५५ वर्षिय तामाङ स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।


प्रतिकृया दिनुहोस्