काठमाडौं, असार २४- बासी भात खान दिएको रिसको झोँकमा सौतेनी आमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । विवादपछि काठको चिरपट प्रहारबाट सौतेनी आमाको मृत्यु भएको र त्यसपछि शवलाई जलाएको आरोपमा २० वर्षीय प्रेम भगतलाई प्रहरीले पक्राउ गरेको हो ।
हत्या गरेर उनले शवमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपीले घटना स्वीकारेको प्रहरीले जनाएको छ ।
भगत पूरै परिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ स्थित शिवनगरमा डेरा गरी बस्दै आएका थिए ।
चिरपट प्रहारबाट घटनास्थलमै मिराको मृत्यु भएपछि प्रेमले घरमै आगो लगाएर शव जलाएको प्रहरीले जनाएको छ ।
अभियुक्त प्रेमसहित शवसँगै जलेर बाँकी रहेको मृतकको कपडा सहितका वस्तु पनि प्रहरीले सार्वजानिक गरेको छ ।