Hamro Sanchar

भैँसीको आक्रमणबाट वडा सचिवको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २३ गते


काठमाडौं, असार २३- भैँसीको आक्रमणबाट नारायण नगरपालिका–१० मा कार्यरत वडा सचिव चक्र बहादुर कटुवालको मृत्यु भएको छ। घरबाट बारीमा लैजाने क्रममा भैँसीले आक्रमण गर्दा कटुवाल घाइते भएका थिए।

घाइते भएका वडा सचिव कटुवाललाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।


प्रतिकृया दिनुहोस्