Hamro Sanchar

सुन्दरहरैंचाका लेखा अधिकृत ढकाल दुई लाख घुससहित पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २२ गते


काठमाडौं, असार २२- मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको ईटहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालका अनुसार लेखा अधिकृत ढकालले घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले दुई लाख रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको जनाए । उनीमाथि थप अनुसन्धान भइरहेको दाहालको भनाइ छ ।


प्रतिकृया दिनुहोस्