Hamro Sanchar

बाबुराम भट्टराईको प्रस्ताव : नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गरौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २४ गते


Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक सुरू भएको छ। काठमाडौंस्थित केन्द्रीय कार्यालय सुविधानगरमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक बसेको हो।

आइतबार सुरू भएको बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। जसमा उनले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने उल्लेख गरेका छन्। ‘त्यसका निम्ति विभिन्न पार्टी, समूह र व्यक्तिहरूसँग योजनाबद्ध ढंगले सहकार्य, एकता र ध्रुवीकरणको पहल गर्नुपर्दछ,’ भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन्। पछिल्लो समय नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्न छलफल भइरहेका छन्।

साथै भट्टराईले प्रतिवेदनमा अनावश्यक तडकभडक, गुटबन्दी, संकीर्णता, सत्ता र शक्तिप्रतिको अतिमोहजस्ता रोगबाट पार्टी, आन्दोलन र जनसमुदायलाई जोगाउनुपर्ने पनि उल्लेख गरेका छन्। उनले राजनीतिमा कहिलेकाहीँ असाध्यै प्रतिकूल अवस्थासमेत आउने र त्यसबेला हतोत्साही भएर भाग्ने होइन चुनौती र जोखिमको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्।

उनले समुन्नत समाजवादमा पुग्ने लक्ष्यप्रति दृढ रहँदै नयाँ परिस्थितिको सहासका साथ सामना गर्न आग्रहसमेत गरेका छन्। भट्टराईले ११ पृष्ठको ुसमाजवादी ध्रुवीकरण आजको आवश्यकताु विषयक राजनीतिक प्रतिवेदन बैठकमा पेश गरेका हुन्।


प्रतिकृया दिनुहोस्