Hamro Sanchar

संयोजक ओलीलाई न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट बुझाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २३ गते


Advertisement

काठमाडौं । कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको ड्राफ्ट संयोजक केपी शर्मा ओलीलाई बुझाइएको हो ।एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको थियो ।

सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्ने लगायतका विषय समेटिएका छन् ।

यो पनि पढ्नुहोस् स् सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै, यस्ता छन् प्राथमिकतापुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।


प्रतिकृया दिनुहोस्