Hamro Sanchar

पार्टी एकताका लागि माओवादीद्वारा कार्यदल गठन, यी पार्टीसँग हुनेछ एकता प्रयास

प्रकाशित : २०७९ पुष, २३ गते


Advertisement
काठमाडौं, पुस २३- नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच दलीय कार्यदल गठन गरेको छ । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् ।
शनिबार बिहान मात्र एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो । कार्यदलका एक सदस्य शर्माका अनुसार कार्यदलले नेसपा मात्र नभएर एकीकृत समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, नेकपा बहुमतलगायत सबै वामपन्थी दलहरूसँग एकताका लागि छलफल गर्नेछ ।
आजको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग अपिल गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

प्रतिकृया दिनुहोस्