काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।
पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् ।