काठमाडौं, पुस ११- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाई हुँदै आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन् ।
नयाँ सरकार गठन भएसँगै उनको विदाई गरिएको हो । पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको उनको भनाई छ । यस्तो अवस्थामा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हकहितलाई ध्यानमा राखी वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु चुनौतिपूर्ण रहेको उनको भनाई छ ।
उनले आफ्नो कार्यकालमा आन्तरिक रोजगारी, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सेवा प्रवाहमा सुधार लगायतका काममा उल्लेख्य प्रगति गरेको बताए ।