Hamro Sanchar

बालकोट पुगे प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १० गते


Advertisement

काठमाडौं । नेकपा विभाजनपछि पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा कुरा नमिलेपछि बालुवाटार बाहिरिएका प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड ओली भेट्न पुगेका हुन् । ओलीले ०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्धमा दरार आएको थियो । तर, अहिले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने भएपछि प्रचण्डले गठबन्धन तोडेर एमालेसँग पुनः सहकार्यको हात बढाएका हुन् ।


प्रतिकृया दिनुहोस्