Hamro Sanchar

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम पावरको आइपिओ खुला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


Advertisement

काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयमा निष्काशन गरी बिक्री नभएको एक लाख ८० हजार ५ सय ८० कित्तासहित कूल ५ लाख ८० हजार ५ सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख गरेको छ ।

निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म अधिकतम पाँच हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’ बाट २०६८ साउन १ गते देखि नौ सय ९० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ ।

कसरी दिने आवेदन

वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा ‘मेरो शेयर’मार्फत शेयर खदिरको आवेदन दिन सकिन्छ ।

विदेशमा रोजगारी गरिरहेका नेपालीले विप्रेषण (रेमिट्यान्स)बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी शेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । त्यसमा आफ्नो रेमिट्यान्स बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा  ५० हजार आफू रोजगारमा रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने अथवा सार्वजनिक निष्काशनको अन्तिम मितिभित्र रोजगारमा रहेको देशबाट रकम जम्मा गरी आवेदन दिन सकिने व्यवस्था गरेको धितोपत्र बोर्डले जनाएको छ ।


प्रतिकृया दिनुहोस्