Hamro Sanchar

काठमाडौँको मतगणना यी १० स्थानमा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ४ गते


Advertisement

काठमाडौँ । काठमाडौँका १० निर्वाचन क्षेत्रको मतगणना फरक फरक स्थानमा हुने भएको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौमा प्रत्येक निर्वाचनको फरक फरक स्थानमा मतगणना हुने भएको हो ।

काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ।

क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा मतगणना गरिनेछ । क्षेत्र नम्बर ३ को मतगणना गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालयमा हुनेछ । यस्तै क्षेत्र नम्बर ४ बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा मतगणना गरिने छ । भने क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवनमा मतगणना हुनेछ ।

क्षेत्र नम्बर ६ को मतगणना तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा गरिनेछ । क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा मतगणना हुनेछ ।

त्यसैगरी क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भूस्थित गीतामाता विद्यालयमा गरिनेछ । क्षेत्र नम्बर ९ को मतगणना रविभवनस्थित न्यासन कलेजमा हुनेछ । क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनामा हुनेछ ।


प्रतिकृया दिनुहोस्