काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि गम्भिर आरोप लगाएका छन् । ओलीेले कांग्रेस सभापति समेत रहेका देउवाले गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्न दैलेखको जम्बुकाँध पुगेका ओलीले भने ‘देउवाले के गर्नुभयो रु गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’
साथै ओलीले देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको बताएका छन् । एमाले जनताका नाममा आतङ्क मच्चाउने पार्टी नभइ देशमा विकास र समृद्धि ल्याउने पार्टी रहेको ओलीले बताए ।
ओलीले ५ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई के काम गर्नुभयो रु भन्दै प्रश्न गरेका छन् । उनले आफ्नो पार्टीले नै सबै काम गरेको दाबी समेत गरेका छन् ।
साथै अध्यक्ष ओलीले सकिन लागेको माओवादी पार्टीलाई एमाले पार्टी र आफूले उद्धार गरेका बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले माओवादीको उद्धार गरेको र पछि धोका पाएको बताएका हुन् । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले रास्कोटमा आएर झुट बोलेको अध्यक्ष ओलीले आरोप लगाएका छन् ।