काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने बताएका छन्। डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट विकासको अपेक्षा गर्न नसकिने बताएका हुन्।
ओलीले भने, गठबन्धनले देश चल्दैन। कांग्रेस, माओवादी, एस पार्टीको पनि घोषणापत्र छ। कोही भन्छन् संघीयता चाहिँदैन, कोही भन्छन् प्रत्यक्ष निर्वाचीत राष्ट्रपति। चुनाव पछि के गर्लान भन्नुस् त।
उनले गठबन्धनसँग विचार र कार्यक्रम नै नभएको बताए । ओलीले भने,नेकपा एमाले देश बनाउने पार्टी हो। एमालेले नै हो देशको समस्या समाधान गर्ने। अब अलमलिनु हुँदैन। राष्ट्र निर्माणको महाभियानमा लाग्नुपर्छ। यस्तो खालको गठबन्धनलाई बाइबाइ भन्नुपर्छ।
ओलीले प्रेम आलेले डोटीको बेइज्जत गरेको बताए। ओलीले भने, अस्ती भाषा सुन्नु भएन तपाइहरूको मन्त्रीको। डोटीको बेइज्जत गर्ने। त्यस्ता मान्छेहरूलाई भोट दिन तयार हुनुहुन्छ कांग्रेस, माओवादी केन्द्रका साथीहरूले।