Hamro Sanchar

थप आक्रामक बन्दै काठमाडौं महानगर : भोटाहिटी-रत्नपार्क अण्डर पासमाथि चल्यो डोजर

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १२ गते


Advertisement

काठमाडौं, भदौ १२- काठमाडौं महानगरले आज भोटाहिटी क्षेत्रमा बनेकाे अवैध संरचना भत्काउन थालेको छ ।

भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेका संरचना महानगरको सुरक्षाकर्मीसहितको टोली आफैं भत्काउन खटेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ ।

महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । बालेनले अनधिकृत निर्माण तथा प्रयोजनको रोकथाम तथा नियन्त्रणका लागि कार्यकारी अधिकार प्रयोग गरेको बताएका हुन् ।


प्रतिकृया दिनुहोस्