Hamro Sanchar

अब नेपालमै बन्ने भयो सामसङ टेलिभिजन, ५ सय जनाले रोजगारी पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ८ गते


Advertisement

काठमाडौं, भदौ ८- अब नेपालमा पनि सामसङ ब्राण्डको टीभी एसेम्बलिङ उद्योग खुल्ने भएको छ । गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले नेपालमा फ्याक्ट्री सञ्चालन गर्ने भएको हो ।

हाल डिलरका रुपमा रहँदै आएको कम्पनीले नवलपरासीको भुमहीमा फ्याक्ट्री खोल्ने भएको हो ।

एसेम्बलिङ फ्याक्ट्रीको एक कार्यक्रमका बीच बुधबार शिलान्यास गरिएको छ । ५० करोडको लगानीमा पूर्वाधार तयार गरिने छ । ३२ देखि ८५ इन्चसम्मका टीभी यहाँ बनाइनेछ ।

फ्याक्ट्री प्रतिदिन १ हजार टीभी तयार हुनेछ भने दुई वर्षमै ५ सय जनाले रोजगारी पाउने अर्गनाइजेसनले बताएको छ ।


प्रतिकृया दिनुहोस्