Hamro Sanchar

माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा निर्वाचन घोषणापत्र तयारी समिति

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ४ गते


Advertisement

काठमाडौं, भदौ ४- नेकपा माओवादी केन्द्रले आगामी आमनिर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

उपाध्यक्ष महराका अनुसार घोषणापत्र तयारी समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, हरि रोका, परशुराम रम्तेल, जाकिर हुसेन, परशुराम तामाङ, भीमा ढुंगाना, जगत सिंखडालगायत छन् ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्