Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डको गुनासोः प्रतिगामीहरुले पछाडि धकेल्न खोजे, अप्ठेरो अवस्थामा छौं

November 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर ११- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरुले पछाडि धकेल्न खोजेर इतिहासकै अप्ठेरो अवस्थामा रहेको गुनासो गरेका छन् । माओवादीले पनि सुरू गरेको पार्टीको वेबसाइट उद्घटन गर्दै उनले देशलाई निरंकुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरुले षड्यन्त्र गर्न...बाँकी

कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिने

November 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, मंसिर ११- कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिएका छन् । चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली थिए । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी चालिसेको सुत्केरी...बाँकी

जाजरकोट भूकम्प : त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोबाट मृत्यु

November 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जाजरकोट, मंसिर ११- भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले...बाँकी

ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

November 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागलुङ, मङ्सिर १०- मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये बागलुङ सदरमुकाम खण्डमा मात्रै सडक...बाँकी

रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै,सडक पुनः रङरोगन

November 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, मङ्सिर १०- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन्...बाँकी

मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या प्रयास,यसरी गरियो उद्धार

November 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, मंसिर १०- मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका एक युवकलाई राजधानीको ताहाचलबाट प्रहरीले बचाएको छ । मोरङ अटो वर्क्सले २८ हजार रुपैयाँ नतिरे मोटरसाइकल लैजाने र घर पनि लिलाम गर्ने...बाँकी

पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा, मंसिर ९- पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । सालिक अनावरणका लागि पूर्वराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए । आज मेचीनगरस्थित होटल मेची...बाँकी

काठमाडौँबासीले आफ्नो आन्दोलनलाई नसघाएपछि दुर्गा प्रसाईले गरे यस्तो गुनासो, के भने ?

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, मंसिर ९- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् । शनिबार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेशिएको र...बाँकी

पिकनिक खाएर फर्किएको बस दुर्घटना : दुई बालबालिकासहित ३ जनाको मृत्यु, १२ गम्भीर घाइते

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
उदयपुर, मंसिर ९- उदयपुरमा पिकनिक खाएर फर्किदैँ गरेको विद्यालयको बस पल्टिएको छ । त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको १–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गुमाउनेमा चालक...बाँकी

आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालन हुँदै, ३–३ मिनेटको फरकमा छुट्ने

November 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, मङ्सिर ९- सरकारले थप ११ वटा द्रुत बस थपेसँगै आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालन हुने भएका छन् । बिहान र बेलुकी पिक आवरमा द्रुत बस कम भएको गुनासो आएको र बस सञ्चालन प्रभावकारी...बाँकी