Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धेरै ठाउँमा वर्षा

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका...बाँकी

प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् । आज अपराह्न ४ बजे बालुवाटारमा छलफलका लागि राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ...बाँकी

ठगी आरोपमा एमाले पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मङ्गलवार ललितपुरबाट पक्राउ गरेको प्रवक्ता शिवकुमार श्रेष्ठले जनाएका छन् । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि...बाँकी

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

October 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको...बाँकी

कुटपिटबाट सिरहामा महिलाको मृत्यु

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिरहा । सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै कुटपिटका कारण एक महिलाको ज्यान गएको छ। आज बिहान कुटपिटबाट घाइते स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो। कुटपिटबाट घाइते भएकी उनलाई...बाँकी

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल भोलि

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरुसँग सघन रुपमा वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीसँग वार्ता गर्ने भएको छ। उक्त प्रयोजनका निम्ति सरकारले बुधबार त्रिपक्षीय बैठक आयोजना गरेको छ।...बाँकी

सरकारले नेपालका सबै सुरक्षाकर्मी फिर्ता बाेलायाे

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ। गृहमन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो। सरकारले यसअघि पूर्वप्रधानमन्त्री नेपाललाई १६ सशस्त्र प्रहरी र...बाँकी

कार सडकबाट ४२ फिट तल खस्यो : श्रीमानको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ ।...बाँकी

विप्लव नेकपाले दल दर्ताको लागी आयोगमा दियो निवेदन

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । मंगलबार पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको...बाँकी

निर्वाचन आयोगमा दल दर्ता गर्न जादै विप्लव

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएका छन्। विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जाँदैछन्। उनीहरूले १२:४५ बजे निर्वाचन...बाँकी