Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

एकाबिहानै भीरबाट खस्यो जिप, चार जनाको मृत्यु

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १७- सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप...बाँकी

एकैपटक गृहका २५ जना सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ, को कहाँ पुगे ?

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना...बाँकी

सगरमाथा दिवसमा भक्कानिए प्रधानमन्त्री, भने ‘आरोही भनेपछि आफ्नै परिवार जस्तो लाग्छ’

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- आरोही, पर्यटन व्यवसायी लगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभा हलमा आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो । आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि...बाँकी

कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया रिहा

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा, जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।...बाँकी

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीले लिए शपथ

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले...बाँकी

हाजिर जमानतमा छुट्दै कैलाश सिरोहिया

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानतमा छ्टने भएका छन् । सिरोहियालाई धनुषा प्रहरीले हाजिर जमानतमा छोड्ने भएको हो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार फौजदारी कार्यविधि संहिताको दफा १५ को...बाँकी

देउवा निवासमा विपक्षी दलहरूको बैठक, माधव नेपाल पनि मिसिए

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन्...बाँकी

सर्वोच्चको परमादेशपछि कांग्रेसका पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदै

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुन लागेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले आज मुख्यमन्त्री नियुक्त हुन लागेका...बाँकी

होटलबाट खाजा खाएका सात जनालाई फुडपोइजन, होटलमा सिल

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ १६- भरतपुर महानगरपालिका–१, पुलचोकस्थित हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका सात जना फुड पोइजन भई बिरामी भएका छन् । उनीहरु भरतपुर सामुदायिक अस्पताल भर्ना भएका हुन् । केहि विरामीको डिस्चार्ज भएको छ । सो...बाँकी

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ आज

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो । लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको...बाँकी