Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।...बाँकी

धारा–६१ अनुसार सुशीला कार्की मुलुककाे पहिलो महिला  प्रधानमन्त्री नियुक्त

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा ९जेन–जी०...बाँकी

शंकर पोखरेल भन्छन् : संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौँ

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बताएका छन् । “विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र...बाँकी

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, संसद विघटन हुने

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । कार्कीको शपथ ९ बजे हुनेछ ।...बाँकी

सागर ढकाल आक्रोशित : राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने बनाउनुपर्ने भयो

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । रामचन्द्र पौडेलले जेनजी आन्दोलनका माग नसुनेको भन्दै सागर ढकालले अब उनलाई ‘टेर्ने बनाउनुपर्ने’ बताएका छन्। ढकाल गत आम निर्वाचनमा डडेल्धुरामा कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका युवा हुन्। अहिले...बाँकी

आन्दोलनमा प्रहरीबाट लुटिएका २६८ नाल हतियार बरामद

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
  काठमाडौं । सिन्धुलीका एक व्यक्तिले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल नेपाली सेनालाई बुझाएका छन् । नेपाली सेनाले शुक्रबार ९भदौ २७० एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । “सिन्धुली...बाँकी

 धरानमा जलिरहेको भाटभटेनी भित्र ४ जनाको शव भेटियो

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ । मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन...बाँकी

प्रहरीले भन्यो : जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको फोटो तथा भिडिओ पठाउनु

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीले जेनजीको प्रदर्शन क्रममा भएका तोडफोड, आगजनीजस्ता उच्छृंखल गतिविधिको तस्बिर र भिडिओ मागेको छ। प्रहरीले शुक्रबार सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडिओ भए उपलब्ध गराउन...बाँकी

संसद विघटन हुनैपर्ने जेनजीको अडान, निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न माग

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनले संसद विघटन हुनैपर्ने र निर्णय प्रक्रियामा जेनजीलाई सहगिता सुनिश्चित गरिनुपर्ने अडान अघि सारेको छ। जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले भर्खरै सामाजिक सञ्जालमा पोस्ट गरी भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेन्डा संसदको...बाँकी

देशभरमा साढे ११ हजार कैदी अझै फरार

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले...बाँकी