Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राजनीति, समाचार

जेनजीलाई बालेनले भने : सेनासँग वार्ता हुनुअघि संसद् विघटन हुनुपर्छ

September 9, 2025 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँसहित देशभर भइरहेको प्रदर्शनमा सहभागीहरूलाई संयमित हुन आग्रह गरेका छन्। उनले यो आन्दोलन जेनजीको हो भन्दै भनेका छन्, प्रिय न्भल श्, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित...बाँकी

पूर्वप्रधानमन्त्री भट्टराईको घरमा पनि आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। काठमाडौँको टोखामा रहेको उनको घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन्। अहिले पनि प्रदर्शनकारीहरू भट्टराई घरअगाडि नाराबाजी गरिरहेका छन्। प्रत्यक्षदर्शीका अनुसार परिवारका...बाँकी

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : प्रधानमन्त्री ओलि

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजीनामा दिएको भनेका छन्। नेपालको संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न...बाँकी

प्रदर्शनकारीले संसद् भवनमा लगाए आगो

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो ।...बाँकी

सिंहदरबार छिरे प्रदर्शनकारी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका छन्। सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएसँगै मंगलबार बिहानबाट आक्रमण प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भिड सिंहदरबार प्रवेश गरेको हो। उनीहरूले सिंहदरबारको गेट तोडफोड गर्दै सिंहदरबार प्रवेश गरेका हुन्। उनीहरू पश्चिम...बाँकी

स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि पदबाट राजीनामा दिएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार उनले केही बेरअघि मन्त्री पदबाट राजीनामा दिएका हुन्।...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल...बाँकी

देउवाको धनगढीको घरमा पनि आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । कैलालीको धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनी गरिएको छ। जेन-जेड आन्दोलनमा सरकारले दमन गरेपछि आक्रोशित युवाहरूले देउवाको धनगढीस्थित निवासमा आगजनी गरेका हुन्। यसअघि काठमाडौँको बुढानीलकण्ठमा रहेको देउवा निवासमा प्रदर्शनकारीले...बाँकी

बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

September 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।...बाँकी