काठमाडौं, चैत ८- महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा भएको छ ।
गत वैशाख १९ गते कोइरीलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको थियो ।
कर्तव्य ज्यानलगायत मुद्दामाथि कोइरीलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि सभामुख देवराज घिमिरेले सांसद पद निलम्बन फुकुवा गरेका हुन् ।