Hamro Sanchar

गणतन्त्रको विरोधमा बोल्ने नेपालीको हितविपरीत हुन् : ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १७ गते


Advertisement

काठमाडौं, मंसिर १७- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरू देशद्रोही भएको बताएका छन् । पार्टीको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत आइतबार दैलेखको राकम कर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगमनतर्फ फर्किन खोज्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी भएको बताएका हुन् ।

ओलीले लोकतान्त्रिक गणतन्त्रको विरोधमा बोल्नेहरू नेपाल र नेपालीको हितविपरीत भएको जिकिर गरे । उनले विभिन्न प्रकारका भ्रमहरू फैलाएर मुलुकको एकता बिथोल्न खोज्नेहरूप्रति सजक रहनुपर्ने र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

ओलीले वर्तमान गठबन्धनको सरकार आएपछि मुलुकको विकास अवरुद्ध भएकाले व्यवस्थामाथि प्रश्न उठ्न थालेको तर्क गरे । उनले एमाले सरकार हटेपछि देशमा अराजकता छाएकाले अब एमालेको एकल सरकार आवश्यक रहेको तर्क गरे ।


प्रतिकृया दिनुहोस्