Hamro Sanchar

फेरि पछाडि फर्किन र रैती हुन हामी तयार छैनौँ : ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १४ गते


Advertisement

बैतडी, मंसिर १४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु हुन आफूहरु तयार नभएको बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए ।

गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको भन्दै उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरु तयार नभएको बताएका छन् ।


प्रतिकृया दिनुहोस्